अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी

काठमाण्डाै - खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’  भन्ने नाराका  साथ  यस  वर्षको  खाद्य  स्वच्छता दिवस सुरु भएको हो । दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी  चेतनामूलक  कार्यक्रम  हुनेछन्। विभाग  र  मातहतका  कार्यालयबाट  होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तर...