चुट्किला : नेता

नेता : डाक्टरसाप, भाषण दिने समयमा मेरो हात काम्न थाल्छ किन होला ? डाक्टर : आत्तिनु पर्ने कुरै छैन, झुट बोल्ने समयमा यस्तै हुन्छ । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

मदनकृष्णको चुट्किला सुन्न पुगे ओली, बाबुराम र गगनसहितका नेता

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ हालैको एक अपरान्ह रमाइलो मुडमा सुनिए । उनी दर्शकलाई जोक्स सुनाइरहेका थिए । गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइरहेका थिए । काठमाडौंमा आयोजित ‘मदनकृष्ण नाट्यशाला’मा दर्शकले मदनकृष्णको अर्को आयाम देख्न पाए । उनले आफ्नो जीवनी, कलाकारिता र बितेका रमाइला क्षणलाई दर्शकसामु पस्किए । आफूलाई सुन्न दर्शकदीर्घामा आसिन पूर्वप्रधानमन्त्री केपी शर्मा […]

चुट्किला : कपालको सत्यानाश

एक जना अधबैँसे नेता अचानक, तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झ्याप्प कपाल थियो । नसुहाएर पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ? नेताजीले आफ्नो कहानी सुनाए— के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई […]

चुट्किला– रिमिक्स उखानटुक्का

– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ । – १२ छोरा १३ नाति, बूढाको मन तरुनीमाथि । – मनको लड्डु बियरसँग खा । – जाडो भयो राती अनि बूढी ताती । – जस्तालाई तस्तै पाउरोटीलाई निस्तै । – जुन नेता आए पनि घूस खान नछाड्ने । – कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा । […]