राप्रपाको केन्द्रीय विशेष समितिको बुधबार बसेको बैठकले विभिन्न ३ निर्णय गरेको छ । अध्यक्ष कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको उपस्थिति बसेको बैठकले समान विचारधारा भएको समूह र व्यक्तिहरुसँग वार्ता गर्न समिति बनाउने, आर्थिक समिति गठन गर्ने, बुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्नेलगायतका निर्णय गरेको हो ।
३ निर्णय यस्ता छन्
–समान विचारधारा भएका समुह र व्यक्तिहरुसँग वार्ता गर्न पार्टीका नेता बुद्धिमान तामाङको संयोजकत्वमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेको वार्ता समिति गठन गरिएको छ ।
...