काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्यालामा छुट दिने ज्वेलरीले घोषणा गरेको छ । न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसाइलीले स्थानीय तहको निर्