पाकिस्तानमा खाद्य अभाव नरहेको दावी

बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ। पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो।  आगामी छ महिनाका...

सम्बन्धित सामग्री

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

काठमाडौँ – बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दाबी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण […]

खाद्य व्यवस्था कम्पनी बाजुरामा सकियो मौज्दात चामल

जेठ ८, बजुरा । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल विक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल विक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए ।   खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले विक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई विक्री गर्न मौज्दात चामल नभएको उनी बताँछन् । सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले दिए ।  खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रतिकिलो रू. ४५ र जिरा मसिनो प्रतिकिलो रू. ६६ मा विक्री गर्दै आइरहेको थियो ।  कोल्टी र कवाडीमा चामल यथावत् जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र विक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जानकारी दिएको छ । कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल विक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताए ।  निषेधाज्ञामा  चामल  अभाव नहुने आचार्यको भनाइ छ । अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिए ।  यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख  आचार्यले बताए । कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउँछन् ।   खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन् । खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउँछन् । जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । उनले कालोबजारी गरेको नभेटिएको उजूरी  नआएकोे भए पनि बजारमा  खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए । रासस

सरकारसँग कति छ खाद्यन्न मौज्दात?

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफूसँग २ लाख ७६ हजार ७ सय ४६ क्‍वीन्टल खाद्यान्न मौज्दात रहेको बताएको छ। लिमिटेडले निजी क्षेत्रसँग करीब ५० हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ। कोरोना महामारीले निषेधाज्ञा जारी भएको भएपनि आयात निममित रहेकोले खाद्य आपूर्तिमा कुनै समस्या नरहेको लिमिटेडले जनाएको छ। लिमिटेडले खाद्य अभाव नहुनेसमेत स्पष्ट पारेको छ।