काठमाडौं। क्रिष्टियन इरिक्सन र आच्रफ हाकिमीको गोलमा इन्टर मिलानले क्रोटोनीलाई २–० ले पराजित गर्यो। जितसँगै इन्टर २०१० पछि पहिलो पटक उपाधि नजिक पुगेको छ। तेस्रो स्थानको एटलान्टाले आइतबार सासउलोविरुद्ध तीन अंक जोड्न सकेन भने इन्टरले चार खेलअघि नै इटालियन सिरी ‘ए’ को उपाधि जित्नेछ। इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले २०१२ देखि २०१४ सम्म युभेन्टसबाट पनि लगातार उपाधि जितेका थिए।