रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिनुभएको छ ।
रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिनुभएको हो । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गर्नुभएको बीबीसीले जनाएको छ । साथै, उहाँले आफ्नो गुमेको भू–भाग जसरी पनि फिर्ता लिने दाबी गर्नुभएको छ । रुसले अहिले छिमेकी...