कर्णाली प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सदस्यमा बाबु पुस्ताका सांसदहरुको वर्चश्व देखिएको छ । राजनीतिमा युवा पुस्ताको उदय भइरहेको भनिए पनि कर्णालीमा भने ५० वर्ष कटेकाहरुकै वर्चश्व देखिन्छ । प्रत्यक्षतर्फ निर्वाचित २४ जना सांसदमध्ये ५० देखि ७० वर्ष उमेर समूहका अर्थात् बाबु पुस्ताका सांसदहरुको संख्या १७ छ भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना सांसद छन् ।यस्तै ३० देखि ४० वर्ष उमेर समूहको जम्मा एक जना सांसद छन् । निर्वाचन आयोगको विवरण अनुसार दैलेख क्षेत्र नम्बर २ (२) बाट निर्वाचित न