परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो ।
नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुन...