नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेललाई नै अब बन्ने नयाँ सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख समक्ष एकल बहुमतको सरकार बनाउन दाबी प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।
एमाले नेता बैजनाथ चौधरीले प्रदेश सभामा एमालेको एकल बहुमत रहेकाले प्रदेश प्रमुख धर्मनाथ यादवलाई एकल सरकार दाबी गर्दै पत्र पठाएको जानकारी दिए ।
‘बैठकले पुनः सरकारको नेतृत्व मुख्यमन्त्री पोखरेलले नै गर्ने निर्णय गर्यो,’ चौधरीले भने, &l...