आगामी बजेट सामाजिक न्यायको पक्षमा केन्द्रित हुन्छ : प्रधानमन्त्री

वीरगञ्ज। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटलाई आमूल सुधार गरिने दाबी गर्नुभएको छ । अहिलेसम्मका बजेट जनहितमुखी र लोकतान्त्रिक नभएको भन्दै प्रधानमन्त्री दाहालले अबका बजेट सामाजिक न्याय र सामाजवाद उन्मुख हुने बताउनुभएको हो । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सोमवार वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र त्यसका आधारमा आउने बजेटलाई लोककल्याणकारी बनाउने बताउनुभएको हो । यो समानताको पक्षमा क्रान्ति नै भएको दाबी उहाँले गर्नुभयो । सरकार आगामी आर्थिक वर्षको बजेटदेखि नै यसको प्रत्याभूति हुनेगरी नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेको उहाँले उल्लेख गर्नुभयो । ‘बजेटको सीमा र आकारमा देखिएको असामञ्जस्य चिर्न सरकार लागेको छ । यसमा गृहकार्य भइरहेको छ । अर्को आर्थिक वर्षको बजेटमै त्यसको प्रत्यक्ष प्रत्याभूति हुन्छ,’ उहाँले भन्नुभयो । बजेटलाई प्रभावकारी र जनहितमा केन्द्रित गर्न सरोकारका सबै मन्त्रालयसँग सामूहिक बहस र समन्वय भइरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । पुराना योजना पूरा नगर्दै नयाँ नयाँ योजना ल्याउँदा प्रतिफलमा समस्या भएको उहाँले उल्लेख गर्नुभयो । समयसीमाभित्रै योजना पूरा गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो । सूचना र प्रविधिको क्षेत्रमा नेपालले उल्लेख्य फड्को मारेको भन्दै उहाँले आर्थिक विकासको उद्देश्यमा यसको उपयोगको आवश्यकता औंल्याउनुभयो ।

सम्बन्धित सामग्री

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताउनुभयो …

आगामी बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।

आगामी बजेट नागरिकका आवश्यकता केन्द्रित बनाउन जोड

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो । नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुुपर्ने …

आगामी बजेट जनताले राहत पाउनेगरी बन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अब आफ्नो ध्यान सरकारको नीति बनाउने र बजेट निर्माणमा केन्द्रित गर्ने बताएका छन्। बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्रीले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए। अबको बजेट गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो।

आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक)का सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका छन् । पूर्वनिर्धारित समयभन्दा केही ढिलो मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री शर्माले आगामी नयाँ बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका हुन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण आगामी बजेटका सिद्धान्त तथा […] The post आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय सरकारको बजेट लक्षित समुदाय केन्द्रित गरिने

विराटनगर / स्थानीय तहले छुट्याउने बजेट लक्षित समुदाय केन्द्रित गरिने प्रतिवद्धता सरोकारवालाले जनाएका छन् । बजेट निर्माणको लागि छलफल गरिरहेको समयमा स्थानीय सरकारका तर्फबाट यस्तो प्रतिवद्धता आएको हो । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल)ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै विभिन्न स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरुले स्थानीय सरकारको आगामी बजेट लक्षित समुदायले अनुभूति... The post स्थानीय सरकारको बजेट लक्षित समुदाय केन्द्रित गरिने appeared first on Purbeli News.

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गर्न माग

संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा उदयपुरका राजनीतिकर्मीले आगामी बजेट मुख्य रुपमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न माग गरेका छन् ।विगतमा पनि योजनाको निर्माणर प्रभावकारितालाई खासै प्राथमिकता नदिइएकाले स्थानीयले लगानीको प्रतिफल पाउन नसकेको उनीहरुको भनाइ छ । कोरोनाको महामारीबाट उत्पन्न परिस्थितिसँग सामना गर्न […]

अर्थतन्त्रको स्वास्थ्यमा महामारी र आगामी बजेट

अहिले दीर्घकालीन योजनाभन्दा तत्काल समस्या समाधानका लागि सहयोगी हुने अल्पकालीन योजना केन्द्रित भएर बजेट आउनुपर्छ । कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले निम्त्याएको निषेधाज्ञाले अघिल्लो वर्ष आर्थिक गतिविधि ठप्पजस्तै भयो, जसको प्रत्यक्ष मारमा नेपाल पनि प-यो नै । पछिल्ला केही महिना आर्थिक सुधारका शुभसंकेत देखिन नपाउँदै पुनः कोरोनाको दोस्रो लहर फैलिएर सामाजिक, आर्थिक व्यवस्था अस्तव्यस्त पारिरहेको […]

कोभिड केन्द्रित बजेट ल्याउन सुझाव

कोरोनाबाट प्रभावित नागरिकले आगामी बजेट स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ल्याउन सुझाव दिएका छन् ।संसद्मा बजेट प्रस्तुत गर्ने मिति नजिकिँदै गर्दा उनीहरूले स्वास्थ्यलाई प्राथमिकता र कोभिडबाट प्रभावित व्यक्तिदेखि व्यवसायसम्मलाई पुनरुउत्थानमा केन्द्रित भई बजेट र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् । पछिल्लो समयमा कोरोना महामारीका कारण उचित उपचार नपाएर नागरिकले मृत्युवरण गरिरहेको बेला विभिन्न पेसा र व्यवसायमा […]

बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट […]