काठमाडौं। २०७६ सालदेखि लागू भएको सामाजिक सुरक्षा कोषबाट अहिलेसम्म २२ सय ४७ जनाले ३५ सय ५७ पटक दाबी भुक्तानी पाएका छन्। विभिन्न शीर्षकमा दाबी भुक्तानी पाएका उनीहरुले हालसम्म कोषबाट ८ करोड १ लाख रुपैयाँ लगेका हुन्। कोषले योगदानमा आधारित रहेर दुर्घटना, वृद्धअवस्था, औषधि उपचार लगायत शिर्षकमा भुक्तानी दिने गरेको छ।