आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीबार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो ।