आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्छौं : ढकाल

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छन् ।  आज बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन् । करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरे । त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो...