सभामुख सापकोटाले बोलाए कार्यव्यबस्था परामर्श समितिको बैठक

सभामुख अग्नि सापकोटाले आइतवार दिउँसो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (सोमवार) शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन सोमवार दिउसोको लागि बोलाइएको छ । ...