लमजुङ । बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध […]