मिटरब्याज सम्बन्धी विधेयक नल्याए सदन चल्न दिँदैनौँ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखिए सदन चल्न नदिने चेतावनी दिएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शुक्रबार बोल्दै लामिछानेले आफूहरु पीडितको पक्षमा रहेको भन्दै विधेयक तत्काल अघि नबढाए बैठक चल्न नदिने बताएका हुन्। ‘मिटरब्याज सम्बन्धी विधेयक कसका कारण रोकियो ? कसको स्वार्थले यसरी विधेयक ल्याइएन? आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिन