जसपाको निर्णय कुर्दै का‌ग्रेस-माओवादी

 कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

काठमाडौं २५, मंसिर । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको […]

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए । कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।

उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौ – जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए । रामसहायप्रसाद यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ […]

सरकारमा सहभागी हुने जसपाको निर्णय

सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् ।काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवैजना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ ।राष्ट्रपति कार्यालयबाट फर्केपछि बैठक पुनः बस्ने जसपाका एक नेताले बताए । बैठकका लागि कार्याकारिणी सदस्यहरु अहिले पार्टी कार्यालय

डा. भट्टराईसहित नौजनालाई कार्वाही, यस्तो छ जसपाको निर्णय

वीरगन्ज । जनता समाजवादी पार्टी ( जसपा ) नेपालको केन्द्रिय समितिले बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव समूहको दुईदेखि वीरगन्जमा जारी बैठकले गरेका निर्णयहरु शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । अध्यक्ष यादव सहितका नेताहरुको उपस्थितिमा सार्वजनिक गरेका निर्णयहरुमा पार्टी हित विपरित गतिविधि गर्ने डा. बाबुराम भट्टराई सहित […] The post डा. भट्टराईसहित नौजनालाई कार्वाही, यस्तो छ जसपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए ।​ जसपाबाट संघीय […] The post सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

असारमा विधान अधिवेशन गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

एमसीसी सम्झौताबारे जसपाको निर्णय आज

१४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन् । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो । आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र […]

लुम्बिनीका ३ सांसद निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना ३ सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले  प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए। उनीहरु अहिले लुम्बिनी सरकारका मन्त्री छन्। पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र  कल्पना पाण्डेय उद्योग वन तथा वातावरण म

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्। संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा […]