खोकनामा गरियो सामूहिक म्हः पूजा, तस्बिरमा हेर्नुहोस्

कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ ।म्हः पूजाका गर्नेक्रममा आफ्नो आत्मलाई कुनै भय, दुःखकष्ट नपरोस् भनेर  पनि शुभकामना अदानप्रदान गर्ने गरिन्छ ।  यसैबीच ललितपुरको खोकनामा शुक्रबार सामूहिक म्हः पूजा गरिएको छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला