चितुवाको निसानामा बालबालिका

वननजिकै बस्ती । घाँस–दाउरा सजिलो । काठपात खाँचो पर्दा पनि सजिलो । यही सुबिस्ताबीच तनहुँका गाउँहरूमा चार वर्षदेखि ठूलो संकट छ चितुवाको । बालबालिकामाथि लगातार आक्रमणका घटना भइरहँदा चितुवा नियन्त्रणका प्रयास पनि नभएका होइनन् । केही चितुवा मरेका भेटिए, केही समातिए तर आतंक रोकिएन ।