असोज २० भित्र निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले यही असोज २० गतेभित्रमा सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।शुक्रबार आयोगले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगमा दिनुपर्ने बताएका छन्।त्यस्तै,कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आ

सम्बन्धित सामग्री

कास्कीमा निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृत कार्यालय स्थापना

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानको अनुसार स्थापना भएको निर्वाचन अधिकृतको कार...

डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।जिल्ला अदालत डडेल्धुराबाटै मुख्य निर्वाचन अध

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैतडी : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला अदालतभित्रै आइतबार एउटा कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो। निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए।यहाँ मुख्य निर्वाचन अधिकृतको रूपमा जयानन्द पनेरु ख

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आइतबार जिल्ला अदालतभित्रै एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।

तनहुँमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय : ‘राजधानीको अर्को आधार’

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

मुख्य निर्वाचन कार्यालय स्थापना

निर्वाचन मिति नजिकिने क्रमसँगै निर्वाचनमुखी गतिविधि पनि सुरु भएको छ । जलेश्वरमा शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालय खोलिएको छ ।