उपत्यकाका यी १० ठाउँमा पाइन्छ सहुलियतमा सामान, नि:शुल्क होम डेलिभरी

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ, तिहार र छठ पर्वको लागि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेबाट सञ्चालनमा ल्याइएकाे उक्त पसल छठ पर्वसम्म सञ्चालनमा आउने छ।लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाका अनुसार देशभर ३९ जिल्लाको ४३ स्थानबाट पसल सञ्चालनमा छन्। जसमा काठमाडौं उपत्यकाभित्र थापाथली,सूर्यविनायक,नख्खु र रामशाहपथ सञ्चालन भइरहेको छ।उनले भनिन्, ‘पर्वको बेला उपभोक्तालाई सहज होस भनेर यस्तो पसल सञ्चालनमा ल्याएका हौँ, सबै वस्