२०७९ जेठ ३० को अन्नपूर्ण पोस्ट दैनिकको खोजले बजेट काण्ड बाहिर ल्यायो । करको दरमा समयानुकूल परिवर्तन हुन्छ नै, यो नियमिति प्रक्रिया हो तर यसपालि बजेट बनाउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबाट राष्ट्रघात गरियो । बाह्य खेताला विज्ञको सहयोग लिएको यथार्थ बाहिरियो । ती कथित पूर्वनासु र सीएले विज्ञको हैसियतले करको दरमा परिवर्तन गराए ।