काठमाडौं : अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्।कांग्रसकी पुष्पा भुसाललाई १,७५० मतले पछि पार्दै उनी विजयी भएका हुन्। रायमाझीले ४२ हजार ६ सय २२ पाउँदा भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।
अर्घाखाँची - अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । उहाँ कांग्रेसकी पुष्पा भुसाल भन्दा १८ सय ७४ मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत मरिणाम अनुसार रायमाझीले २५ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ भने पुष्पा भुसालले २३ हजार ५ सय ५७ मत पाउनु भएको छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...
७ मंसिर, काठमाडौं । अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका छन् । रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र […]
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५ हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २ हजार २५९ रहेको […]
काठमाडौँ,२९ कार्तिक । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमाले का उच्चस्तरका नेता बीच मुख्य प्रतिस्पर्धाहुने देखिएको छ । अर्घाखाँचीमा वामलोकतान्त्रि पक्षबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यतथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी […]
अर्घाखाँची- मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन्। यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका उच्चस्तरका नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अर्घाखाँचीमा वाम-लोकतान्त्रिक पक्षबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वउपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर […]
अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । गतको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय […]
अर्घाखाँची– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ । १५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि […]
प्रतिनिधिसभा अन्तर्गत एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा आसन्न निर्वाचनमा ‘हेभी वेट’ भिडन्त हुने भएको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने यो क्षेत्रमा पूर्व माओवादी नेता टोप बहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । उनी तत्कालीन नेकपा खारेजीपछि एमालेमा आवद्ध भएका हुन् । राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी बीचको प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ । यो क्षेत्रमा जनता समाजवा