फागुन १ मा बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं :  बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ। यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। त्यसका लागि कर्णाली सरकारले बिदाको घोषणा गरेको छ।  २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य ...