काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा गाडी भाडा बढ्यो : वैशाख १ गतेदेखि लागू हुने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । बढेको भाडा नयाँ वर्ष, वैशाख एक गतेदेखि लागू हुनेछ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनपछि काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्ने...