छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
एजेन्सी, २४ साउन । टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिनेको छ । अन्तिम दिन स्वर्ण पदक थप्दै अमेरिका पहिलो स्थानमा उक्लिएको हो । अमेरिका ३९ स्वर्ण जित्न सफल भइसकेको छ । चीन ३८ स्वर्णका साथ दोस्रो स्थानमा छ । आज अमेरिकाले महिला बास्केटबल, साइक्लिङ र महिला भलिबलको स्वर्ण जितेको छ । पदक तालिकामा जापान […]
काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ, फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो, रग्बी, सुटिङ, स्वीमिङ, आर्चरी, जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल, बिच भलिबल, बक्सिङ, टेवल टेनिस, टेनिस, भलिवल, वाटर पोलोलगायत खेल हुनेछन्। हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमशः चीन, जापान, अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।
काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा आज विभिन्न खेलहरुमा १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।हालसम्म ९८ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। आज आर्चरी,जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल,बिच भलिवल, बक्सिङ,साइक्लिङ,फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो,रग्बी, सुटिङ, स्वीमिङ, टेबल टेनिस, टेनिस, भलिबल,वाटर पोलो लगायत खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सम्पन्न भइसकेका खेलहरुमा हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमसः जापान, चीन,अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।
काठमाडौं। टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।