वीरगञ्जका व्यवसायीद्वारा ‘क्रेडिट एक्ट’ ल्याउन माग

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) ले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पुग्नेगरी विभिन्न नीति व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले ब्याजदर एकल अंकमा ल्याउन, आयकर छूट दिन, बैंक कर्जालाई व्यवस्थित गर्न, क्रेडिट एक्ट ल्याउन माग गरेको छ । बीआईसीसीआईको प्रतिनिधिमण्डल गत हप्ता काठमाडौं भ्रमणमा थियो । सोही क्रममा संघीय प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेय, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गभर्नर महाप्रसाद अधिकारी, भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश मान शाक्यसँग भेटेर संघले विभिन्न माग अगाडि सारेको हो ।   संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यस सम्बन्धमा जानकारी पनि दिएको छ । संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले निजी क्षेत्रका समस्याहरूमा सरकारी निकायहरूलाई ध्यानाकर्षण गराएको बताए । संघले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा वारा–पर्सा औद्योगिक कोरिडोरलाई औद्योगिक कोरिडोरको रूपमा घोषणा गर्न तथा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेको छ । नेपालको प्रमुख औद्योगिक कोरिडोर मानिने वीरगञ्ज पथलैया कोरिडोरमा ७० प्रतिशत औद्योगिक लगानी छ । तसर्थ, यस औद्योगिक कोरिडोरलाइ राज्यले औद्योगिक कोरिडोर घोषणा गर्नुपर्ने संघको माग छ । यस्तै, वीरगञ्जलाई ह्याप्पी बोर्डरको अवधारणाअनुसार अगाडि बढाउन पनि माग राखिएको छ । ह्याप्पी बोर्डर बनाउन सीमादेखि २५–२५ कि.मी. सम्मको क्षेत्रमा  भौतिक पूर्वाधार विकास हुनुपर्ने, सीमानाकामा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने, वीरगञ्ज–रक्सौल बीचको मितेरी पुलको निर्माण गर्नुपर्ने, पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने किसिमले मितेरी पुललाई गेटवे पुलको रूपमा निर्माण गर्नुपर्ने संघको माग छ । यसैगरी आद्योगिक सुरक्षा बलको माग पनि गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा सीमासुरक्षा बैठक नियमित गर्न माग गरिएको छ । सीमाबाट हुने आपराधिक क्रियाकलापले औद्योगिक क्षेत्र पनि प्रभावित भएकाले यसमा सरकार संवेदनशील हुनुपर्ने संघको भनाइ छ । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा एकल व्यक्तिको रु. ८ लाख तथा दम्पतीको हकमा रु. ८ लाख ५० हजारसम्मको आयमा कर छूट दिन माग गरिएको छ । यस्तै, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्न तथा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताको खाताबाट १० प्रतिशत रकम कट्टा गर्ने वा रोक्का राख्ने व्यवस्था खारेज गर्न पनि माग गरिएको छ । बीलबिजकलाई मान्यता दिनुपर्ने, तयारी मालवस्तु र औद्योगिक कच्चा पदार्थको भन्सार दरमा १५ प्रतिशतको फरक हुनुपर्ने,  दाल र दाल बनाउने गेडागुडी आयात गर्दा लाग्ने भन्सार दर समयाअनुकूल बनाउनुपर्ने माग पनि गरिएको छ । विदेशी मेशीनरी पार्ट भारतबाट आयात गर्ने व्यवस्था हुनुपर्ने, सुख्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्नुपर्ने, भारतीय कम्पनीहरूले नेपालमा मालवस्तु विक्रीवितरण गर्न डिलरशीप दिने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने माग गरिएको छ । सेजको भाडादर प्रतिमहिना रु. ५ प्रतिस्क्वायर फिट हुनुपर्ने माग पनि गरिएको छ । साथै, सेजमा जाने उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान घटाएर २५ प्रतिशत गर्नुपर्ने संघको भनाइ छ । साथै, सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जाको ब्याजदर घटाउन पनि माग गरिएको छ । यस्तै, क्रेडिट एक्ट ल्याउन पनि संघले माग गरेको छ । उद्योग प्रतिष्ठानलाई बीमा गर्ने मामिलामा स्वैच्छिक गर्नुपर्ने संघले माग गरेको छ । गास, वास, कपास र शिक्षासँग सम्बन्धित उद्योगहरूलाई आयकरमा ५० प्रतिशत छूटको व्यवस्था गर्नुपर्ने संघको माग छ । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँगको भेटमा म्याद सकिएका औषधिको व्यवस्थापन गर्न तथा  औषधि विकास परिषद् गठन गर्न माग गरिएको छ । यस्तै, राजस्व सचिव कृष्णहरि पुष्करसँगको भेटमा अर्थमन्त्रीसँग बुझाएको मागको विषयमा छलफल गरिएको अध्यक्ष गुप्ताले बताए । साथै,  वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयसँगको भेटमा एकीकृत जाँचचौकी (आईसीपी) को समस्या समाधान गर्न माग गरिएको थियो । साथै, सुख्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्न पनि माग गरिएको संघको भनाइ छ । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा तरलता अभावको समस्या समाधान गर्न माग गरिएको छ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने प्रोत्साहनका लागि रेमिट्यान्स पठाउँदा लाग्ने सेवाशुल्क सरकारले तिर्ने नीति ल्याउनुपर्ने बताइएको छ । यसैगरी, कृषि कर्जालाई व्यवस्थित गर्न पनि माग गरिएको छ । पर्यटकलाई लक्षित गरेर ५०० र २ हजारको भारतीय मुद्रालाई नेपालमा मान्यता दिनुपर्ने माग गरिएको छ । साथै, आयात गर्ने बेलामा बैंक राख्नुपर्ने मार्जिनको ब्याज दिनुपर्ने संघको माग छ । वर्किङ क्यापिटलको २० प्रतिशत मात्र ऋण दिने प्रावधानले उद्योगी व्यवसायीलाई मर्कामा परेकाले यो प्रावधान हटाउन माग गरिएको छ । साथै, बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने माग पनि गरिएको संघको भनाइ छ । यस्तै, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगको भेटमा सीमा सुरक्षा र औद्यागिक सुरक्षाको सन्दर्भमा छलफल भएको अध्यक्ष डा. गुप्ताले बताए । भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश मान शाक्य आदि सरकारी अधिकारीसँग व्यवसायीहरूले भोग्नुपरेका समस्याका बारेमा कुरा भएको उनको भनाइ छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा मोफसलका उद्यमी व्यवसायीका समस्याका विषयमा छलफल भएको थियो । त्यसमा अध्यक्ष गोल्छाले समस्या समाधानका लागि महासंघबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताएको संघको भनाइ छ ।

सम्बन्धित सामग्री

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी

काभ्रेपलाञ्चोक, ८ वैशाख । अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात […]

केवल टिभी व्यवसायीद्वारा कुलमानविरुद्द अदालत जानेसम्मको चेतावनी

बुधबार केवल टिभी व्यवसायीहरुले राष्ट्रिय भेलाको आयोजना गरे । विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि आन्दोलित भएका केवल टिभी व्यवसायीहरुले बुधबार काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेका हुन् । भेलामा उपस्थित भएर केवल टिभी व्यवसायी इतरका व्यक्तिहरुले पनि उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बन्दसत्रमा प्रदेश अनुसार टोली बनाएर छलफल गरेका व्यवसायीहरुले कुलमान घिसिङ र प्राधिकरणविरुद्द संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने निष्कर्ष सुनाएका छन् ।प्रदेश १ (दिनेश सुवेदी–टोली नेता)समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर १ का टोली नेता दिनेश सुवेदीले बढेको पोलको भाडा तिर्नै नसक्ने बताए । उनले एप्सहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने, एनालकलाई डिजिटलमा जाने समय थप हुनुपर्ने र पोलको भाडा बढाएका कुलमानविरुद्द केवल टिभी व्यवसायी महासंघले संघर्ष समिति नै बनाएर आन्दोलन गर्नुपर्ने सुनाए ।प्रदेश २ (पवन कुमार शाह–टोली नेता)प्रदेश नम्बर २ का व्यवसायीका तर्फबाट छलफलका निष्कर्ष सुनाउँदै टोली नेता पवन कुमार शाहले यसअघि प्राधिकरणले तोकेको पोलको भाडा तिर्दापनि व्यवसायीलाई जानकारी नै नदिई पोल सारेर प्राधिकरणले अनावश्यक दुःख दिने काम गरेको गुनासो गरेका छन् । उनले अब बढेको पोलको भाडा तिर्न आफूहरु नसक्ने र सिमा क्षेत्रमा भारतीय डीटीएचका कारण नेपाली व्यवसायी मर्कामा परेको दुखेसो पोखेका छन् । बागमती प्रदेश (पुष्पलाल श्रेष्ठ–टोली नेता)बागमतीका टोली नेताका रुपमा छलफलको निष्कर्ष सुनाएका पुष्पलाल श्रेष्ठले संघप्रति नै आक्रोश पोखे । ठूला केवुल व्यवसायीहरुले सानालाई हेप्ने गरेको उनको गुनासो छ । ‘भन्दा साथीहरुलाई चित्त दुख्ला, तर हाम्रा ठूला केवुल व्यवसायीहरुले सानालाई जहिल्यै हेपाहा नजरले हेर्नुभयो’ उनले भने, ‘आज खोइ महासंघ, कहाँ छ ? ३ वर्षदेखि महासंघ हराएको छ ।’यसअघिःकेवल टिभी व्यवसायीदेखि चलचित्र निर्मातासम्मको निष्कर्ष, ‘कुलमानमा दम्भ बढ्यो’उनले साना व्यवसायीहरु मिलेर छुट्टै महासंघ बनाएर जाने सोच रहेको पनि सुनाए ।यसैक्रममा उनले पोलको भाडा तिर्न नसकिने बताउँदै इन्टरनेटबाट चल्ने विदेशी एप्सहरुलाई करको दायरामा ल्याउन वा यसो गर्न नसकिए बन्द गर्न पनि सरकारसँग माग गरे ।गण्डकी प्रदेश (महाप्रसाद सुवेदी–टोली नेता)अन्य प्रदेशका टोली नेताभन्दा निकै आक्रोशित देखिएका महाप्रसाद सुवेदीले प्राधिकरणले बढाएको भाडा मात्रै नभई यसअघि तिर्दै आएको भाडा पनि अब नतिर्ने चेतावनी दिए ।‘हाम्रै खेतमा पोल गाडेर प्राधिकरण व्यापार गर्ने, अनि हामीसँगै पैसा माग्ने ?’ उनले प्रश्न गर्दै भने, ‘बिजुली हामीलाई पनि चाहिएको छ भनेर हामीले पोल गाड्न दिएको हो, त्यसमा केवल टिभीका तार टाँगेवापत केही शुल्क पनि तिरेकै हौँ, तर एकोहोरो पेल्ने नीति प्राधिकरणले लिएको छ, अब त्यो तिर्दै आएको पैसा पनि तिर्दैनौँ, हाम्रो खेतमा पोल गाडेवापत प्राधिकरणसँग अब मुआब्जा माग्ने हो ।’प्राधिकरणले पोल गाडेको छेउको जग्गा धितो राखेर ऋण लिन खोज्दा बैंकले नदिने र घर बनाएर बस्न पनि स्थानीय तहले नक्सा पास नगरिदिने उनको गुनासो छ । सुवेदीले महासंघका अध्यक्ष सुधिर पराजुलीले सदस्य व्यवसायीका माग सम्बन्धित निकायमा राख्न नसकेको आरोप पनि लगाए ।लुम्बिनी प्रदेश (मनोहरी योगी–टोली नेता)लुम्बिनी प्रदेशका केवुल टिभी व्यवसायीका तर्फबाट छलफलको निष्कर्ष सुनाउन मञ्चमा पुगेका मनोहरी योगीले कुलमान घिसिङ र प्राधिकरण विरुद्द अदालत जानुपर्ने बताएका छन् । कानुन व्यवसायीले पनि अत्याधिक चर्को शुल्क लिनेगरी प्राधिकरणले गरेको निर्णय संविधानमा उल्लेख भएका अधिकार विपरित भएकाले अदालत जान सुझाव दिएकाले अब ढिला गर्न नहुने उनको तर्क छ ।उनले सुरुमा कानुन व्यवसायीसहित सञ्चार र उर्जा मन्त्रालयमा डेलिकेशन जान पनि नेतृत्वलाई सुझाए ।