ललितपुर २ मा दीपेश केसीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

ललितपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि डा. दीपेश केसीले  उम्मेदवारी दर्ता गरेका छन् । उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो पुगी उम्मेदवारी दर्ता गरेका हुन् । केसीको प्रस्तावकमा नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र सदस्य सुमन पौडेल रहेका छन् । दुई दशक पत्रकारिता गरिसकेका केसीसँग सामाजिक समस्याबारे अनुसन्धान, अध्यापनलगायतको अनुभव छ । उनका ८ पुस्तक प्रकाशित भइसकेका छन् ।

सम्बन्धित सामग्री

ललितपुर २ मा दन्त चिकित्सक शाक्यले जित्लान् त चुनाव?

काठमाडौँ–ललितपुर २ मा दन्त चिकित्सक सुदिन शाक्य लौरो चिन्हबाट चुनाव लड्दैछन्। उनले आइतबार आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले लौरो चुनाव चिन्हबाट लड्दैछन्। बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका शाक्य सानै उमेरदेखि समाज सेवा भनेपछि हुरुक्कै हुने […]

ललितपुर–२ बाट दन्त चिकित्सक शाक्यले गरे उम्मेदवारी दर्ता

काठमाडौं,असोज २४ । आगामी मंसिरमा हुने निर्वाचनका लागि दन्त चिकित्सक सुदिन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यले ‘लौरो चिन्ह’बाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उनले आईतबार मनोनयन दर्ता गराएका हुन् । बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका […]