चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शनिवार शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा नागरिकको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । नागरिकको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले नागरिकको सुरक्षा र नगरको...