सङ्खुवासभाको उत्तरी क्षेत्रमा असिना पानीले हिउँदे बालीमा क्षति

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्रमा मङ्गलबार साँझ परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्‍याएको छ ।   चिचिला गाउँपालिकाको वडा नम्बर २ को दिदिङ्ग, आहाले र वडा नम्बर ४ को मत्स्यपोखरी, ध्वजे, देवीटारलगायतका क्षेत्रमा मङ्गलबार साँझपख ठूलो मात्रामा असिनापानी परेको चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घलेले बताउनुभयो । असिनापानीले हिउँदे बाली गहुँ, तोरी, मकै, आलुमा धेरै क्षति पु¥याएको जानकारी दिनुभयो ।   ​ असिनापानी र हिमपात हुँदा जमिन खनजोत गर्न सजिलो हु...