विश्व बैंक एवं आइएमएफले सन् २०१९ मा विश्वको कुल उत्पादन ‘जिडब्लुपी’ ८ सय ८० खर्ब ८० अर्ब डलर हाराहारी पुग्ने अनुमान गरेको छ । ‘जिडब्लुपी’को यो आँकडा विश्वका सबै देशहरूको ‘जिडिपी’को कुल योग हो । तर, विश्वको यति ठूलो अर्थ सञ्जाललाई विनिमय गर्ने मुद्राको आकडा भने निकै कम ८ प्रतिशत भौतिक मुद्राबाट सञ्चालित छ । विश्व अर्थतन्त्रमा प्रचलनमा रहेका मुद्रामध्ये ८ प्रतिशत मात्रै भौतिक रूपमा मुद्रित छन् । ९२ प्रतिशत मुद्राको अस्तित्व डिजिटल वा अन्य कुनै स्वरूपमा रहने गरेको छ । विश्व प्रतिदिन बढ्दो रूपले डि...