महोत्तरी– असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाको पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न […]