काठमाण्डौ – साउदी अरेबियाको पूर्वी क्षेत्रको दमाम सञ्चालन भएको राहदानी सेवा शिविरबाट झण्डै आठ सय जना श्रमिकले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार गएको शुक्रवार र शनिवार सञ्चालन भएको शिविरमा सात सय ९६ जनाले राहदानी नवीकरणको आवेदन दिएका छन् भने १२ सय जनाभन्दा बढीको नवीकरण गरिएको राहदानी वितरण गरिएको छ । शिविरमा २५ सयभन्दा धेरै श्रमिक उपस्थित थिए ।
दूतावासले साउदीमा रहँदा आइपर्ने साझा समस्या, त्यसको समाधानको उपाय तथा त्यहाँ रहँदा गर्न हुने र गर्न नहुने विभि...