आगाे निभाउने क्रममा ज्यान गुमाएका एकै गाउँका ४ जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँची – आगाेले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।खाकाबेसीकाे बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको भूमिकास्थान–१ का वडाध्यक्ष गाेपाल खनालले बताउनुभयाे । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ । गएकाे मङ्गलवार दिउँसो भूमिकास्थान–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टाेलका चारै जनाको उपचारका क्रममा ज्यान गएकाे हाे । आगलाग...