काठमाण्डौ महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट : सम्पदा संरक्षणलाई प्राथमिकता

काठमाण्डौ– काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरको ११ औं नगर सभामा उप–प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो ।  महानगरले प्रस्तुत गरेको बजेटमा परम्परागत हिटीहरुको संरक्षण, तथा परम्परागत मठ/मन्दिरहरु र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।  त्यस्तै सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले वडाहरूलाई दोब्बर बजेट दिने, महानगर कार्यालय रहेको बागदरबारको भवन प्र...