परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उहाँको थाप्लोमा आमा, बुवा र दुई […]