माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय गठन, डिलाराम आचार्य संयोजक

१३ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव डिलाराम आचार्यको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा स्थायी समिति सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य हरिलाल ज्ञवाली, हेमराज भट्टराई, नेपबहादुर चौधरी, बीरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट र शरद सिंह भण्डारी छन् । यो सचिवालयमा प्रदेश अध्यक्ष पदेन सदस्य रहन्छन् […]