सुन आयोगले दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस

६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर आयोगले मल्होत्राको गुपचुप बयान लिएको गृह मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ । झण्डै एक महिना अघि मल्होत्रासँग लिइएको बयान आयोगको प्रतिवेदनमा समेत समावेश छ । स्रोतका […]