कर्णालीका तीन मन्त्रीले लिए पुनः शपथ

दैलेख : कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णालीका तीन मन्त्रीले मंगलबार पुनः शपथ लिएका छन्। उनीहरूले बुधबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।शपथ लिनेहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाही रहेका कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।अविश्वासको प्रस्तावको पक्षमा म