माल्दिभ्समा विपक्षी दलहरूले भारतका विरुद्ध कठोर दृष्टिकोण अपनाइरहेका छन् ।
पूर्व राष्ट्रपति अब्दुल्ला यामीनले भारतविरोधी अभियानको नेतृत्व गरिरहेका छन् । माल्दिभ्समा भारतको उपस्थिति हुनै नहुने उनको माग छ ।
भारतविरोधी अभियान चलेपछि माल्दिभ्स सरकार पनि चिन्तामा परेको छ । पाँच दिनअघि त्यहाँको परराष्ट्र मन्त्रालयले भारतका विषयमा फैलाइएको मिथ्या र घृणाका विषयमा सरकार चिन्तित बनेको बयान जारी गरेको छ ।
भारतमा मुसलमानहरूमाथि हुने घटनाले माल्दिभ्सका मुसलमान पनि प्रभावित भएको बताइन्छ । इन्डिया आउट अभियानलाई...