टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।स १ क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उहाँका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादव रहेको इलाक