निर्मला हत्याको ३ वर्ष पूरा : माइतीघरमा न्याय माग्दै प्रदर्शन (फोटो फिचर)

काठमाडाैं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ। निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। २०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो।पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएक