गृह मन्त्रालयले भन्योः जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन

काठमाडौँ- सरकारले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदा नदिने भएको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय अनुसार विदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सोमबार गृह मन्त्रालयले सूचना गरी फागुन १ गते बिदा नभएको प्रष्ट पारेको छ ।

सम्बन्धित सामग्री

सार्वजनिक बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै हो

उपप्रधान तथाा गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवसको बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै भएको बताउनुभएको छ । आबाट राजधानीमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस …

गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

२८ माघ, गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् । अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक […]

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् । ३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो । अदालतको सो निर्णयको […]

जनयुद्ध दिवस मनाउने निर्णय सर्वोच्चद्वारा बदर

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा […]

जनयुद्ध दिवस मनाउन ‘प्रचण्ड’ जनकपुर जाँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम जाने भएका छन् । मधेस सहिद प्रतिष्ठानले जनकपुरको कभर्डहलमा मध्याह्न १ बजे आयोजना गर्ने जनयुद्ध दिवस विशेष कार्यक्रममा सहभागी हुन प्रचण्ड जनकपुधाम लागेका हुन् । जनयुद्ध दिवसको अवसर पारेर आज मधेस प्रदेशमा पहिलो पटक सार्वजनिक बिदासमेत दिइएको […]

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख […]

फागुन १ जनयुद्ध दिवस : मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार  सार्वजनिक बिदा घोषणा गरेको छन्।फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक

मधेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम– मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन बिदा दिइएको जनाएको छ । २०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध […]

मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शुक्रबार विज्ञप्ति जारी गर्दै जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिए। नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा सहभागी भएपछि पहिलो पटक प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेका छन्। यसअघि सत्तारुढ दल […]