चिसो बढेपछि घाम ताप्दै पढ्दै विद्यार्थी

जाडो बढ्दै गएपछि दाङको एक विद्यालयका विद्यार्थी कक्षा कोठा बाहिर घाम ताप्दै पढ्दै । तस्वीरः रञ्जिता अधिकारी, रासस

सम्बन्धित सामग्री

चिसो बढेपछि खेतमा पढाइ

कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ ।