चितवन – भतरपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिएका छन्। एमालेले उनलाई वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। वागमति प्रदेशसभाका सदस्य रहेका सुवेदीले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन्। उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।