कान्तिपुर एजुकेसन समिट २०८० ले देशको उच्च शिक्षाको हालको अवस्थालाई सतहमा छर्लङ्ग पारेको छ । प्रधानमन्त्रीलगायत राजनीतिक र शैक्षिक क्षेत्रका अग्रजहरूले कार्यक्रममा उच्च शिक्षा सुधारका लागि विचार विमर्श गर्दै राज्यलाई नीति निर्माणका लागि पृष्ठपोषण दिएका छन् तर हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, नेताहरूको सार्वजनिक मञ्चमा प्रस्तुत हुने भाषण मिठा हुन्छन् भने उनीहरूको व्यवहार जनताले सधैं तीतो अनुभव गरेका छन् । अहिले विश्वविद्यालयहरूले भोग्नुपरेको तदर्थवाद पनि यसैको परिणाम हो ।