काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय कारोबार विद्युतीय प्रणालीबाट गर्दा विनाधितो ऋण दिन सकिने बताएका छन्। काठमाडौँको नक्सालस्थित भाटभटेनीमा बिहीबार क्यूआर कोड कारोबारको उद्घाटन गर्दै गर्भनर अधिकारीले भने, ‘तपाईहरुले क्युआर कोड तथा विद्युतीय माध्यमबाट कारोबार गर्दा पारदर्शी हुन्छ। बैंकलाई पनि तपाईंको वित्तीय हैसियतका बारेमा जानकारी हुन्छ। तपाईको वित्तीय हैसियत मापन गर्ने र […]