पेट्रोलियम पदार्थको कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेकी थिइन्। सांसद गिरीले करको दायरा परिमार्जन गर्ने