ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए

टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको फेला परेको छ । सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारीको यो कर्तुत ललितानिवास प्रकरण बिर्साउने खालको छ ।